भर्याङमा चिप्लिएर लडे विजय देवरकोन्डा
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा भर्याङमा चिप्लिएर लडेका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एउटा बिल्डिङबाट निस्कने क्रममा अभिनेता भर्याङमा चिप्लिएर लडेका थिए ।
अभिनेता लडेपछि उनको टोलीका सदस्यहरूले विजयलाई उठाएका थिए । त्यसपछि उनले फ्यानसँग फोटो खिचाउँदै गरेको पनि देखियो । अभिनेता सिँढीबाट चिप्लिए पनि उनलाई खासै चोटपटक लागेन । उनी तुरुन्तै उठेर बाहिर आए ।
सुटिङका क्रममा भएका थिए घाइते
गौतम तिन्ननुरीसँगको आगामी फिल्मको सुटिङका क्रममा अभिनेता विजय देवरकोन्डा घाइते पनि भएका थिए । ब्रेकका लागि समय अभावका कारण उनले घाइते अवस्थामै सुटिङ जारी राखेको अभिनेताको विजयको टोलीले खुलासा गरेको छ ।
मिडिया रिपोर्टका अनुसार फिल्मका निर्माता नागा वाम्सीले ‘भिडी १२’ को पहिलो भाग चल्यो र दर्शकले मन पराए भने यसको दोस्रो भाग पनि रिलिज गर्ने भनेका छन् ।
फाइट सिक्वेन्समा चोट लागेपछि काँधमा दुखाइ भएकाले विजयले फिजियो र रिह्याब गरिरहेको उनको टोलीले भनेको थियो । चोट अरु नबढोस् भनेर अभिनेताले अनेक उपायहरू गरिरहेका र पीडा सहन सक्दो प्रयास गरिरहेको पनि बताइएको छ । तर, उनले फिल्मको छायाङ्कन रोकेनन् ।
‘भिडी १४’ मा पनि आउँदैछन् विजय देवरकोन्डा
विजय देवरकोंडा आफ्नो आगामी फिल्म ‘वीडी १४’ मा पनि देखिँदैछन् । खबरका अनुसार यो एक पीरियड वार ड्रामा फिल्म हुनेछ । यस फिल्ममा विजयलाई राजाको भूमिकामा देख्न सकिन्छ । माई थ्री मूवी मेकर्सले बनाउन लागेको यो हाई बजेटको फिल्म सन् २०२५ को सुरुमा छायाङ्कन सुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण