उपनिर्वाचनको लागि प्रहरी र सशस्त्रमा केन्द्रीय निर्वाचन सेल गठन
काठमाडौँ । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रहरी र सशस्त्र प्रहरी बलले केन्द्रीय निर्वाचन सेल गठन गरेका छन् ।
केन्द्रीय निर्वाचन सेल गठन गरेर उपनिर्वाचनको तयारी थालिएको निमित्त आईजीपी टेक प्रसाद राईले रातोपाटीलाई बताए । उनका अनुसार कार्य विभागका प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापाले निर्वाचन सेलको संयोजन गर्नेछन् ।
निमित्त आईजीपी राईले भने, ‘प्रदेश र जिल्लामा पनि निर्वाचन सेल गठन गरेर उपनिर्वाचनको सुरक्षा तयारी थालेका छौँ ।’ मंसिर १६ मा ३१ जिल्लामा निर्वाचन हुँदैछ ।
सशस्त्र प्रहरी बलले पनि प्रधान कार्यालयमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ । कार्य विभागका एसएसपी दिग्विजयन सुवेदीले केन्द्रीय निर्वाचन सेलको संयोजन गरेका छन् ।
प्रदेशमा एसपी, गण भएका जिल्लामा डीएसपी र गुल्म भएका जिल्लामा इन्स्पेक्टरको कमाण्डमा निर्वाचन सेल गठन गर्ने निर्णय भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
केन्द्रीय निर्वाचन सेलमार्फत समग्र सुरक्षा चुनौतीको विश्लेषण र सुरक्षा व्यवस्थापन गरिने डीएसपी थापाले जानकारी दिए । निर्वाचन हुने जिल्लामा आसपासका जिल्लाबाट थप जनशक्ति व्यवस्थापन गर्नेगरी सशस्त्र प्रहरीले सुरक्षा योजना तयार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण