सञ्जुको शतकसामु नतमस्तक बन्यो दक्षिण अफ्रिका
डर्बन । सञ्जु सामसनको शानदार शतकको मद्दतले भारतले दक्षिण अफ्रिकालाई पहिलो टी–२० मा सजिलै हराएको छ । शुक्रबार भएको खेलमा घरेलु टोली ६१ रनले पराजित भएको हो ।
भारतले प्रस्तुत गरेको २ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ४१ रन मात्र बनाउन सक्यो । टोलीका लागि विकेटकिपर हेनरिच क्लासनले सर्वाधिक २५ रनको योगदान दिए ।
त्यस्तै, जेराल्ड कोट्जीले २३ तथा रायन रिकेल्टसनले २१ रन बनाए । डेभिड मिलरले १८ रन तथा मार्को यानसनले १२ रन जोडे । भारतका लागि वरुण चक्रवर्ती र रवि विश्नोईले ३–३ विकेट हात पारे । अभेष खानले २ तथा अर्शदीप सिंहले १ विकेट लिए ।
यसअघि, भारतले टस हारेर पहिले ब्याटिङ गरेको थियो । टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय २ रन बनायो ।
ओपनर सामसनले विस्फोटक इनिङ्स खेल्दै मात्र ५० बलमा १ सय ७ रन बनाए । उनले यस क्रममा ४ चौका र १० छक्का हिर्काए । उनलाई तिलक वर्माले ३३ रन तथा कप्तान सूर्य कुमार यादवले २१ रन बनाउँदै साथ दिए ।
दक्षिण अफ्रिकाका लागि जेराल्ड कोट्जीले ३ विकेट लिए भने मार्को यानसन, केशव महाराज, एनकाबायोम्जी पिटर र प्याट्रिक क्रुगरले १–१ विकेट हात पारे ।
जितसँगै चार खेलको शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । अब दोस्रो खेल आइतबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण