पर्यटन प्रवर्द्धनका लागि सम्पदा साइकल यात्रा (तस्बिरहरू)
पाल्पा । पाल्पाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सम्पदा साइकल यात्रा हेरिटेज राइड गरिएको छ । सम्पदा यात्रामा देशभरका १ सय ५० भन्दा बढी साइकल यात्रीले सहभागिता जनाएका थिए ।
_FFyeFajplU.jpg)
पाल्पा दरबार सङ्ग्रहालय तानसेन बाट सुरु भएको साइकल यात्रा तानसेनका धार्मिक स्थलमा पुगेर रिब्दिकोट्को भैरवस्थान मन्दिर पुगेका थिए । साथै ख्याहाको पर्यटकीय क्षेत्र भ्रमण गरेका थिए । तानसेन १४ को अर्गली दरबार, रुरु ऋषिकेश मन्दिर पुगी , रिडीबाट फर्किएर पर्यटकीय क्षेत्र रानीमहल, देवदत्तपार्क, लिस्ने भीर लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिएको छ ।
_oJ8TQtYnF8.jpg)
साइकल यात्रामा सहभागीलाई तानसेन टुँडिखेलबाट धिमे बाजासहित पाल्पा दरबार सङ्ग्रहालय परिसरबाट यात्रा सुरु भएको थियो । सम्पदा साइकल यात्राको समुद्घाटन गर्दै उद्योग तथा पर्यटन विकास मन्त्रालयका लुम्बिनी प्रदेश का मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पाल्पाको पर्यटन प्रवर्द्धनमा सम्पदा यात्राले ठुलो टेवा पुग्नुका साथै पाल्पालाई साइकल हबको रूपमा स्थापित गर्न धेरै सहयोग पुर्याउने बताएका थिए ।
_4s31ANqfqa.jpg)
नेपालभर बाट १४ वर्ष उमेर देखी ६५ वर्ष उमेर सम्मका व्यक्तिहरू साइकल यात्रामा सहभागी रहेका पाल्पा साइक्लिङ संघका अध्यक्ष रूपेश महर्जनले जानकारी दिए । साइकल यात्रामा २ जना अपाङ्ग, १ जना महिलाको पनि सहभागिता भएका थिए ।
_WWHkAYD67p.jpg)
_TkyenDkJ4i.jpg)
_ZkFwuCynUe.jpg)
_zi9RLj1CSe.jpg)
_Wg2ZI6MVuB.jpg)
_MtrAIuAn82.jpg)
_ITxV0acotk.jpg)
_SYHqRsO2um.jpg)
_btYrSzachP.jpg)
_3Ug9con8Hc.jpg)
_SZ5FrclsvN.jpg)
_MDQpeKgptX.jpg)
_nIMwyDRtnR.jpg)
_jTKfIQcBo1.jpg)
_f92B8EL5Hg.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण