सरकारको कार्यशैलीप्रति शेखर कोइरालाको असन्तुष्टि
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । शनिबार कांग्रेस त्रियुगाले उदयपुरमा आयोजना गरेको बीपी कोइरालाको शालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सात बुँदे सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमति अनुसार कुनै काम नगरेको बताएका हुन् ।
नेता कोइरालाले वर्तमान सरकार संविधान संशोधन लगायतका महत्त्वपूर्ण काम गर्ने गरी कांग्रेससँगको ७ बुँदे सहमतिमा निर्माण भएको बताउँदै सरकारले संविधान संशोधनको कार्य सुरु नगरेकामा आपत्ति जनाए । संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य सुरु गर्नुपर्ने उनले बताए ।
कोइरालाले सात बुँदे सहमति कार्यान्वयनको अवस्थाबारे अब प्रश्न उठाउनु पर्ने बेला आएको समेत बताए ।
त्रियुगा नगरपालिका वडा नं ११ स्थित मदन भण्डारी राजमार्गको बिचमा निर्माण गरिएको सालिकको अनावरण गर्दै नेता कोइरालाले बीपी कोइरालाको विचारलाई अनुसरण गर्ने हो भने सरकारले गरेका असल कार्यको प्रचार र खराब कार्यको विरोध गर्न सक्नुपर्ने पनि बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेरुजु फर्स्यौट समितिका अध्यक्ष मैनालीले सम्हाले पदभार
-
एकीकृत समाजवादीको संगठन विभागमा ३ नेताको हानथाप
-
सवारी चालक अनुमति पत्रमा बायोमेट्रिक बाहेकका विवरण प्रदेशस्तरमा सच्याउन पाइने
-
प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्छौँ : प्रचण्ड
-
म्याद थपको समय घटाउने विभागको निर्णयमा उच्च अदालतको ‘ब्रेक’
-
दार्जिलिङमा चलचित्र ‘बम बहादुर’ को प्रिमियर