पाकिस्तान रेलवे स्टेशनमा विस्फोट, मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
इस्लामावाद । दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक रेलवे स्टेशनमा पाकिस्तानी पृथकतावादीहरूले दाबी गरेको बम आक्रमणमा १४ सैनिकसहित २५ जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ ।
प्रान्तीय राजधानी क्वेटाको मुख्य रेलवे स्टेशनमा यात्रुहरू प्लेटफर्ममा पर्खिरहेका बेला विस्फोट भएको हो । “मृत्यु भएको पुष्टि भएका २५ मध्ये १४ जना सेनाका कर्मचारी छन्,” एक वरिष्ठ स्थानीय प्रहरी अधिकारी मुहम्मद बलोचले बताए ।
स्थानीय अस्पतालका प्रवक्ताले विस्फोटमा परी घाइते भएका दर्जनौं व्यक्तिलाई अस्पतालमा ल्याइएको र धेरैको मृत्यु भएको बताए ।
बलुचिस्तानमा बारम्बार आक्रमणहरू भए तापनि अफगानिस्तान र इरानको सिमाना जोडिएको दक्षिणपश्चिमी प्रान्तमा शनिबारको विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या विशेष गरी उच्च रहेको छ ।
रेल स्टेशनमा विष्फोट बिहान ८ः४५ बजे भएको थियो । यस क्षेत्रको मुख्य अलगाववादी समूहहरू मध्ये एक बलुच लिबरेशन आर्मी (बीएलए) ले आक्रमणको दावी गरेको छ ।
पाकिस्तानी सेनाको एक इकाईलाई लक्षित गरी आक्रमण गरिएको बीएलएले एक विज्ञप्तिमा उल्लेख गरेको छ । पाकिस्तानको आधिकारिक समाचार एजेन्सी एसोसिएटेड प्रेसले रेलवे अधिकारीहरूलाई उद्धृत गर्दै दुईवटा रेल छुट्ने क्रममा टिकट बुथ नजिकै विस्फोट भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण