एकतीस वर्षपछि बागीश्वरी सडक कालोपत्र

तनहुँ । एकतीस वर्षपछि व्यास नगरपालिका–११ स्थित बागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ । सङ्घीय सरकारबाट रु चार करोड बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो ।
बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपालिका–११ बाट भानु नगरपालिका–६ जोड्ने उक्त सडकअन्तर्गत व्यास नगरपालिका क्षेत्रमा भने सडक स्तरोन्नतिको काम जारी छ ।
पहिलो चरणमा व्यास नगरपालिका–११ शेराबाट ढुङ्गाखानीसम्म कालोपत्र हुँदैछ । हालसम्म आठ सय ५० मिटर कालोपत्र भइसकेको छ ।
मुकुन्देश्वरी पदमार्ग निर्माण
यसैबीच, जिल्लाको पर्यटकीयस्थल बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट मुकुन्देश्वरी पदमार्ग निर्माण थालिएको छ । थानीमाई मन्दिरबाट निर्माण सुरु भएको दुई किलोमिटर लामो पदमार्ग चुलीडाँडामा टुङ्गिनेछ । यो पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।
गाउँपालिकाको गुरुयोजनाअनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत अनुमान गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो ‘बन्दीपुर’ लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा
-
लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा परिचित गराउन जरुरी छ : राष्ट्रिय सभा अध्यक्ष
-
बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार : सभामुख घिमिरे
-
गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने : उपराष्ट्रपति
-
औद्योगिक, जोखिमपूर्ण फोहरलाई उत्पादनकर्ताले नै व्यवस्थापन गर्नुपर्ने
-
भारत-पाकिस्तानबीच आज खास वार्ता