प्लेअफबाट बाहिरिए मियामी र मेस्सी
मियामी । लियोनेल मेस्सीको इन्टर मियामी मेजर लिग सकर (एमएलएस) को प्लेअफबाट बाहिरिएको छ । एटलान्टा युनाइटेडसँग लगातार दुई खेलमा पराजित हुँदै मेस्सी र मियामी स्तब्ध हुन पुगेको हो ।
तीन खेलको शृङ्खलाको पहिलो खेलमा मियामी विजयी बनेको थियो । तर, दोस्रो खेलमा टोली १–२ गोलले स्तब्ध बन्न पुग्यो । स्थानीय समयअनुसार शनिबार राति भएको तेस्रो र निर्णायक खेलमा टोली पुन: २–३ गोलले पराजित भयो ।
खेलमा अग्रता भने मियामीले नै लिएको थियो । १७ औँ मिनेटमा माटियास रोजासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । तर, यो अग्रता लामो समय टिक्न सकेन । दुई मिनेटपछि नै जमाल थियारेले बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि उनले नै टोलीलाई २–१ को अग्रता दिलाए ।
दोस्रो हाफको ६५ औँ मिनेटमा लियोनेल मेस्सीले हेडरमार्फत गोल गर्दै मियामीका लागि बराबरी गोल फर्काए । तर, ७६ औँ मिनेटमा बारटोस स्लिज्सले निर्णायक गोल गर्दै मियामी र मेस्सीलाई स्तब्ध बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण