दिदीभाइको मुद्दामा अदालतको आदेश : सफाइ गर्न कोठामा अनुमतिबिना प्रवेश नगर्नू
सिंगापुर । सिंगापुरको एक पारिवारिक अदालतले एक महिलाविरुद्ध प्रतिबन्धात्मक आदेश जारी गरेको छ । वयस्क भइसकेको भाइको कोठामा रातिको समयमा प्रवेश गरेर सरसफाइ गर्ने गरेको भन्दै ती महिलाविरुद्ध अदालतमा मुद्दा परेको थियो ।
गत अक्टोबर ३१ मा सिंगापुरका यी दिदीभाइले एक अर्काविरुद्ध अनौठो मुद्दामा आदेश ल्याएपछि न्यायाधीशहरूसमेत अलमलमा परेका थिए । ती महिलाले भाइले आफूमाथि कुटपिट गर्ने गरेको भन्दै त्यसविरुद्ध अदालतको आदेश जारी गराएकी थिइन् । उता भाइले भने महिलालाई आफ्नो कोठामा प्रवेश गर्न नदिन आदेश जारी गराएका थिए, जुन कुटपिटको कारण थियो ।
परिवारका अर्का सदस्यले अदालतलाई दिएको जानकारी अनुसार दुईबिच लामो समयदेखि विवाद रहँदै आएको थियो । विशेष गरेर मध्यरातमा भाइको कोठामा प्रवेश गरेर दिदीले सरसफाइ गर्न थालेपछि उनीहरूबिच तनाव बढेको थियो । यसले आफ्नो गोपनीयताको हनन भएको र राम्रोसँग सुत्न पनि नपाएको भाइको भनाई थियो ।
एक दिन भाइले दिदीको यो हरकत सहन सकेनन् र कुटपिट गर्न पुगे । ‘सामान्यतया एउटा दिदीले भाइको कोठा सफा गर्नु कुनै समस्या होइन, वास्तवमा यो माया हो,’ न्यायाधीशले आफ्नो आदेशमा भनेका छन्, ‘तर, केही अवस्थामा भने अरूका लागि तनावपूर्ण पनि हुनसक्छ ।’
भाइका अनुसार आफ्नी दिदी विगत ८ वर्षदेखि मध्यरातमा कोठामा प्रवेश गरेर सरसफाइ गर्न थालेकी हुन् । सुरुमा उनी ९ बजे सफाइ गर्न थाल्थिन् । पछि उनी ११ बजे कोठा प्रवेश गरेर बिहान ४ बजेसम्म सफाइ गरिरहेकी हुन्थिन् । आफूले कयौँ पटक प्रतिवाद गरे पनि आफ्नो कुरा नसुनेको उनको भनाई थियो ।
दिदीको यो अनौठो हरकत रोक्न भाइ कयौँपटक घर आउने बित्तिकै कोठा बन्द गरेर बस्ने गर्थे । तर, दिदी भने जसरी पनि कोठामा प्रवेश गर्ने गर्थिन् ।
दिदीलाई यो विषयमा सोध्दा उनले भनिन्, ‘मलाई यो गर्नु थियो । मैले काम गर्नुपर्छ । काम गर्ने मेरो आफ्नो तालिका छ । म उनीहरूको घरको काम गर्ने नोकर होइनँ ।’ आफ्नो भाइले कोठा सफा नराख्ने हुँदा आफूले कोठा सफा गर्न बाध्य भएको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण