जापान मानव तस्करी प्रकरण
पूर्वमन्त्री अधिकारीलाई सरकारी वकिलको कार्यालय लगियो
आइतबार, २५ कात्तिक २०८१, १६ : १०

काठमाडौँ । जापानमा जाँदा असम्बन्धित मान्छेलाई सँगै लगेर मानव तस्करीको प्रयास गरेका भनिएका कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको छ ।
प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याएसँगै अधिकारीलाई काठमाडौँ प्रहरी परिसर हुँदै सरकारी वकिलको कार्यालयमा लगेको हो ।
अधिकारी कात्तिक १३ गते जापान उडे पनि अध्यागमनले फिर्ता पठाइदिएको थियो । यो प्रकरणमा यसअघि नै ६ जना पक्राउ परिसेका छन् । घटना सार्वजनिक भएपछि उनले मन्त्री र पार्टी जिम्मेवारीबाट राजीनामा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख
-
काठमाडौँबाट बाहिरिँदा १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण