सभामुख घिमिरे भन्छन् : फाल्गुनन्द अगुवा समाज सुधारक
काठमाडौँ । सभामुख देवराज घिमिरेले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द मुलुकका अगुवा समाज सुधारक रहेको बताएका छन् । फाल्गुनन्दको एक सय ४० औँ जन्म जयन्तीका अवसरमा ललितपुरको महालक्ष्मी– ८, शङ्खादेवीमा भएको कार्यक्रममा सभामुख घिमिरेले ‘सत्य धर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
‘किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा फाल्गुनन्दको योगदान महत्त्वपूर्ण छ,’ सभामुख घिमिरेले भने, ‘१९८८ साल वैशाख २४ गते जारी गरिएको सत्य धर्म मुचुल्का समाजको मार्गदर्शन थियो ।’
किरात माङ्सेसे हाङ्साम माङ्हिमले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता फाल्गुनन्दका नीति समाज सुधारका लागि महत्त्वपूर्ण दस्तावेज भएको बताए । उनले फाल्गुनन्दले प्रतिपादन गरेका सिद्धान्तलाई किरात समुदायमा मात्रै सीमित नगरी देशैभर फैलाउन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण