भन्सार अनुगमनमा जाने अर्थ समितिको निर्णय
आइतबार, २५ कात्तिक २०८१, १७ : २०

काठमाडौँ । आइतबार बसेको अर्थ समितिको बैठकले भन्सार अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको छ । यसअघि भइरहेको अनुगमन असोज महिनाको बाढी पहिरो र चाडबाड लगायत कारण स्थगित भएको थियो ।
अनुगमनमा जानुअघि अर्थमन्त्रीसँग छलफल गरिने समिति सभापति सन्तोष चालिसेले जानकारी गराए । उनका अनुसार अर्थमन्त्रीले छिट्टै समितिको बैठकमा सहभागी हुने बताएका छन् ।
आजको बैठकले विचाराधीन विधेयकलाई पनि तत्काल अगाडि बढाउने निर्णय गरेको छ । अर्थ समितिसँग सम्बन्धित पाँच विधेयक छलफलका क्रममा छन् । यी सबै विधेयकलाई तत्काल अगाडि बढाउने निर्णय समेत भएको सभापति चालिसेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा
-
नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा