भन्सार अनुगमनमा जाने अर्थ समितिको निर्णय
आइतबार, २५ कात्तिक २०८१, १७ : २०
काठमाडौँ । आइतबार बसेको अर्थ समितिको बैठकले भन्सार अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको छ । यसअघि भइरहेको अनुगमन असोज महिनाको बाढी पहिरो र चाडबाड लगायत कारण स्थगित भएको थियो ।
अनुगमनमा जानुअघि अर्थमन्त्रीसँग छलफल गरिने समिति सभापति सन्तोष चालिसेले जानकारी गराए । उनका अनुसार अर्थमन्त्रीले छिट्टै समितिको बैठकमा सहभागी हुने बताएका छन् ।
आजको बैठकले विचाराधीन विधेयकलाई पनि तत्काल अगाडि बढाउने निर्णय गरेको छ । अर्थ समितिसँग सम्बन्धित पाँच विधेयक छलफलका क्रममा छन् । यी सबै विधेयकलाई तत्काल अगाडि बढाउने निर्णय समेत भएको सभापति चालिसेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण