आईसीसी यू–१९ महिला विश्वकप छनोट : नेपालले थाइल्यान्डलाई १०६ रनले हरायो
काठमाडौँ । आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले थाइल्यान्डलाई १०६ रनले हराएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी खेलमा आइतबार नेपालले थाइल्यान्डमाथि सहज जित निकालेको हो ।
थाइल्यान्ड १६ ओभरमा ३३ रन बनाउँदै अलउट भयो । थाइल्यान्डका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रहन बनाउन सकेनन् । थाइल्यान्डका ६ जना ब्याट्सम्यान शून्य रनमा आउट भए ।
नेपाली बलर कुसुम गोदारले ३ विकेट लिइन् । रिया शर्मा र रचना चौधरीले २र२ विकेट लिए भने पूजा महतोले १ विकेट लिइन् । नेपालको यो तेस्रो जित हो ।
यसअघि टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । नेपालका लागि साना प्रविनले अर्धशतकीय योगदान गरिन् । उनले ५३ रन बनाइन् । सावित्री धामीले पनि टोलीको खातामा २८ रन थपिन् । उनले ३६ बलको सामना गरी एक चौका हिर्काएकी थिइन् । साना र सावित्रीले ओपनिङ विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए । सोनी पाख्रिनले पनि १९ रन बनाइन् । तृषना विश्वकर्माले नौ र ज्योत्सनिका मरासिनीले सात रन बनाए ।
जारी प्रतियोगितामा नेपाल र थाइल्यान्ड भिडेको यो दोस्रो पटक हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण