आईसीसी यू–१९ महिला विश्वकप छनोट : नेपालले थाइल्यान्डलाई १०६ रनले हरायो

काठमाडौँ । आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले थाइल्यान्डलाई १०६ रनले हराएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी खेलमा आइतबार नेपालले थाइल्यान्डमाथि सहज जित निकालेको हो ।
थाइल्यान्ड १६ ओभरमा ३३ रन बनाउँदै अलउट भयो । थाइल्यान्डका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रहन बनाउन सकेनन् । थाइल्यान्डका ६ जना ब्याट्सम्यान शून्य रनमा आउट भए ।
नेपाली बलर कुसुम गोदारले ३ विकेट लिइन् । रिया शर्मा र रचना चौधरीले २र२ विकेट लिए भने पूजा महतोले १ विकेट लिइन् । नेपालको यो तेस्रो जित हो ।
यसअघि टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । नेपालका लागि साना प्रविनले अर्धशतकीय योगदान गरिन् । उनले ५३ रन बनाइन् । सावित्री धामीले पनि टोलीको खातामा २८ रन थपिन् । उनले ३६ बलको सामना गरी एक चौका हिर्काएकी थिइन् । साना र सावित्रीले ओपनिङ विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए । सोनी पाख्रिनले पनि १९ रन बनाइन् । तृषना विश्वकर्माले नौ र ज्योत्सनिका मरासिनीले सात रन बनाए ।
जारी प्रतियोगितामा नेपाल र थाइल्यान्ड भिडेको यो दोस्रो पटक हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ (तस्बिरहरू)
-
अपरेसन सिन्दूर : चर्चामा रहेका मसूद अजहर र नेपाल ‘कनेक्सन’
-
नेसपाद्वारा काश्मीरमाथि भारतले चलाएको ‘अपरेसन सिन्दूर’ को समर्थन
-
कचनकवल–सोलु जागरण अभियानबाट माओवादीले दिन खोजेको सन्देश के हो ?
-
रेशम चौधरीलाई किन पक्राउ गरियो ? गृहमन्त्रीले दिए जवाफ
-
तीनकुने घटना : रास्वपा सांसद परियारको गाडीमा आगजनी आरोपमा सेनाका पूर्व हवल्दार पक्राउ