समाचार
कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति यादवलाई
आइतबार, २५ कात्तिक २०८१, २० : २०
काठमाडौँ । कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई दिइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलनमा भाग लिन आइतबार त्यसतर्फ प्रस्थान गरेसँगै उपराष्ट्रपतिलाई आवश्यक जिम्मेवारी तोकेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ६७ को उपधारा २ बमोजिम उपराष्ट्रपतिलाई आफ्नो अनुपस्थितिमा गर्नुपर्ने काम गर्न जिम्मेवारी तोकेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण