पानीका मुहान संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले पानीका मुहान संरक्षण र पुनःस्थापनाका लागि कार्यटोली बनायर यथाशीघ्र काम गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयमा आज आयोजित खानेपानीका मूल संरक्षणका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का पदाधिकारीसँगको छलफलमा उनले यस कार्यमा सहकार्य गरेर अगाडि बढ्न सकिने बताए ।
मन्त्री यादवले भने, “जलवायु परिर्वतनका कारण पानीका मूल सुक्न थालेका छन्, जसले गर्दा पानीको ठूलो समस्या देखिँदै छ । मुहान संरक्षणका लागि इसिमोडले लामो समयदेखि काम गर्दै आएकाले मन्त्रालय यहाँहरूसँग सहकार्य गर्न तयार छ ।”
उनले मन्त्रालयले खानेपानी आयोजनाको अभिन्न अङ्गका रूपमा मुहान संरक्षण कार्य अगाडि बढाउने र यस्ता कार्यलाई एकीकृत रूपमा लैजाने बताए । छलफलमा इसिमोडका जलाधार तथा मूलाधार विशेषज्ञ माधवप्रसाद ढकालले मूल संरक्षणका क्षेत्रमा तयार गरिएको अध्ययन सामग्री प्रस्तुत गरेका थिए ।
उक्त अध्ययन सामग्रीअनुसार नेपालमा छ लाख पानीका मूल रहेका र कम्तीमा एक करोड मानिस तीनमा आश्रित रहेका छन् । यहाँ भएकामध्ये करिब ३० प्रतिशत मूल सुकेका तथा त्यसमा पानीको गुणस्तर पनि घटेकाले यो निकै चिन्ताको विषय भएको जलाधारविज्ञ ढकालको भनाइ थियो ।
सोही संस्थाका अनुगमन, मूल्याङ्कन र सिकाइ प्रमुख फरिद अहमदले मूल संरक्षण तथा सम्वर्द्धनमा सहकार्य गरी सिकाइ आदानप्रदान गर्न सकिने बताए । उनले सुकेका मूलको नक्साङ्कन, जल तथा भौगोलिक अध्ययनमा सहकार्य गर्न सकिने धारणा राखे ।
छलफलमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रमाकान्त दुवाडी, मिना श्रेष्ठ, मेलम्ची खानेपानी व्यवस्थापन समितिका कार्यकारी निर्देशक रत्न लामिछानेलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण