‘पूर्णबहादुरको सारङ्गी’ को दश दिनको आम्दानी कति ?
सोमबार, २६ कात्तिक २०८१, २१ : ४३
काठमाडौँ । विजय बराल अभिनीत फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा दसौँ दिनमै करिब १८ करोड कमाउन सफल भएको छ । फिल्मले दश दिनमा १७ करोड ९८ लाख ग्रसको व्यापार गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले बताएको छ ।
यो शनिबारसम्मको व्यवसाय हो । आइतबारको व्यवसाय आउन बाँकी छ । आइतबार पनि करिब दुई करोडको व्यवसाय गरेको हुनसक्ने वितरक मनोज राठीले बताए ।
फिल्मको कूल कलेक्सनमा काठमाडौँ उपत्यकाको हिस्सा ५२ प्रतिशत र मोफसलको ४८ छ । फिल्मले देशभरका हलमा ४८० शो पाएको छ ।
यो शो नेपाली फिल्मको अहिलेसम्मकै उच्च हो । आठ दिनसम्म ११ करोड १० लाख ग्रस कमाएको फिल्मले शुक्रवार २ करोड ९९ लाख र शनिवार ३ करोड ८९ लाख ग्रस कमाइ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण