फोनबाट प्रकाश सुवेदीलाई धम्की : तलाईं मार्न २ करोडको सुपारी लिएको छु
काठमाडौँ । चर्चित टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की आएको छ । अपरिचित नम्बरबाट सुवेदीलाई केही दिन यतादेखि लगातार धम्की आइरहेको हो ।
लगातार धम्की आएपछि सुवेदीले नेपाल प्रहरीमा समेत यसबारे उजुरी दिएका छन् । रातोपाटीसँग कुराकानी गर्दै सुवेदीले भने, ‘प्राइभेट नम्बरबाट ४–५ दिनदेखि धम्की आइरहेको छ । तलाईं मार्ने दुई करोड रुपैयाँ सुपारी लिएको छु । तेरो परिवार को–को कहाँ छ मलाई सबै थाहा छ ।’
उनका अनुसार धम्की दिने एक पटक धम्की दिएपछि दुई दिनपछि फोन गर्छु भन्ने गरेका छन् । त्यसपछि दुई दिनपछि भनेकै समयमा अर्को पटक फोन आउने गरेको छ ।
उनले हालसम्म आफूलाई कसले ज्यान मार्ने सुपारी दियो भन्ने अवस्थामा नरहेको पनि बताए । उनले रातोपाटीसँग भने, ‘म पत्रकारिता गर्ने मान्छे, त्यो पनि फिल्मी क्षेत्रको । फिल्म क्षेत्रकै साथीहरूले सुपारी दिए भन्ने मलाई लाग्दैन किनभने दुई करोडले त फिल्म नै बन्छ । फेरि म व्यापारी पनि होइन, मलाई मारेर केही हासिल हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण