‘अख्तियारलाई शक्ति सम्पन्न, निष्पक्ष र स्वतन्त्र बनाउनुपर्छ’
काठमाडौँ । सांसद सञ्जयकुमार गौतमले अख्तियार राजनीतिको छायामा परेको गुनासो आइरहेको बताएका छन् । सोमबार राज्य व्यवस्था समितिमा अख्तियार विधेयकका सम्बन्धमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
सांसद गौतमले भने, ‘हदम्याद राख्न हुँदैन भनेर मेरो संशोधन छ । अख्तियार राजनीतिको छायामा परेको गुनासो छ । मुलुक भ्रष्टाचारमा डुबेको गुनासो छ ।’
बैठकमा अर्का सांसद शेरबहादुर कुँवरले अख्तियारलाई शक्ति सम्पन्न, निष्पक्ष र स्वतन्त्र बनाइनुपर्नेमा जोड दिए । उनले शैक्षिक संस्थालाई अख्तियार दुरुपयोग भित्र ल्याउने कि नल्याउने भन्दै प्रश्न गरे ।
‘शैक्षिक संस्थालाई अख्तियार दुरुपयोग भित्र ल्याउने कि नल्याउने ? सबै अख्तियार ल्याउँदा थाम्न सक्छ कि सक्दैन ?’ उनको प्रश्न थियो ।
देशभर भ्रष्टाचार तल्लो तहमा पुगेको बताउँदै उनले भ्रष्टाचार संस्कार संस्कृति बनेको बताए । कुँवरले अनुसन्धान सूत्रको परिभाषा पनि स्पष्ट पार्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण