भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा जाने नेपालीलाई एनओसी नचाहिने
काठमाडौँ । श्रम स्वीकृति लिएर भारतको विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै एनओसी नचाहिने जनाएको हो ।
श्रम स्वीकृति भएका नेपालीलाई भारतको एयरपोर्ट हुँदै श्रम गन्तव्य मुलुक जानको लागि एनओसी नचाहिने व्यवस्था गरिएको दूतावासले जनाएको छ । यूएसए, यूके तथा सेन्जेन मुलुकको भिसा भएका नेपाली नागरिकलाई पनि एनओसी नचाहिने दूतावासले जनाएको छ ।
साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी नचाहिने दूतावासले जनाएको छ ।
रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने दूतावासले जनाएको छ ।
पछिल्लो समय हवाई सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय हवाई भाडामा चर्को वृद्धि गरेका छन् । मेनपावर व्यवसायीहरूले त्यसको विरोध गर्दै भारतको बाटो हुँदै जाँदा आवश्यक पर्ने एनओसी खारेज गर्न माग गर्दै आएका थिए । सोही आधारमा दूतावासले तत्कालका लागि एनओसी नचाहिने व्यवस्था गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण