विद्युत्बारे मन्त्रिपरिषद्को निर्णय ऊर्जामा पुगेन
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विद्युत् महसुल विवादका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेपनि उक्त प्रतिवेदन अझै ऊर्जा मन्त्रालयमा पुग्न सकेको छैन ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आइतबार नै उक्त प्रतिवेदन ऊर्जा मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सोमबार साढे दुई बजेसम्म पनि उक्त निर्णय ऊर्जा मन्त्रालयमा आइनपुगेकाले साइटमा नराखिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
‘निर्णय प्रमाणित भएर आइसकेको छैन, आएपछि राख्छौँ’, ऊर्जा मन्त्रालयका सूचना अधिकारी राजु महर्जनले भने,‘ आउँदै होला ।’
जबकि सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ऊर्जा मन्त्रालयको दुरी करिब डेढ सय मिटर मात्र छ । मन्त्रिपरिषद् बैठकले विद्युत् महसुल नतिरेर काटिएका उद्योगमा लाइन जोड्ने र टाइम अफ डे (टीओडी) मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो । साथै सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण