रविसँगको विशेष बैठकपछि रास्वपाका नेताले भने– राजनीतिक प्रतिशोध साँध्न हिरासतमा राखियो
काठमाडौँ । रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राज्य पक्षले राजनीतिक प्रतिशोध साँध्न अनावश्यक हिरासतमा राखेको भन्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
सोमबार कास्की प्रहरी हिरासतमा सभापति लामिछानेसँग बसेको विशेष बैठकपछि उपसभापति स्वर्णिम वाग्लेले राज्यले सभापति लामिछानेलाई प्रतिसोध साध्न हिरासतमा राखेकाले आन्दोलन जारी राख्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय भएको बताए ।
अर्का उपसभापति डीपी अर्यालले लामिछानेलाई रुपन्देही लगिने जानकारी पाएको भन्दै दोस्रो चरणको आन्दोलन र त्यसको मोडालिटीबारे पर्सी जानकारी गराउने बताए । प्रवक्ता मनिष झाले जिल्ला प्रहरी कार्यालय कास्कीले पटक पटक म्याद थपेर हिरासतमा राखेर सरकारले अनावश्यक रूपमा दम्भ र प्रतिशोध साँधेको बताए ।
‘हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने कारण देखिँदैन । हिजो भर्खर १३ दिन म्याद थपिएको छ । हामीले स्वास्थ्य अवस्था बुझ्दै आन्तरिक छलफल गरेका छौ । राजनीतिक दल प्रक्रियागत रूपमा चल्नुपर्छ । त्यसैले यसबारे केन्द्रीय समितिमा छलफल गर्छौ र धारणा सार्वजनिक गर्छौ’, झाले भने । उनले लोकतन्त्रको आडमा सरकारले अधिनायकवादी चरित्र देखाएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण