दक्षिण कोरियामा सांसद बलायरको स्वागत
काठमाडौँ । एसियाली राष्ट्रिय सभा जल परामर्श बोर्डको आयोजना भएको कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया पुगेका नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति तथा सांसद वीरबहादुर बलायरको स्वागत गरिएको छ ।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया र सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको थियो । छोटो भ्रमणमा आएका प्रदेश सभापति बलायरलाई बधाई, स्वागत, सम्मान परिचयात्मकसहित बिदाइ कार्यक्रम आयोजना गरिएको नेपाली जनसम्पर्क समितिका उपसभापति एवं सुदूरपश्चिम समाजका संरक्षक जितेन्द्र महताले बताए ।
दुईवटै कार्यक्रममा प्रदेश सभापति बलायरले सहभागीहरूसँग साक्षात्कार गर्नुका साथै कोरियामा रहेका नेपालीहरूको अवस्थाका बारेमा जानकारी लिएका थिए । सो कार्यक्रममा सहभागीहरूले कोरियामा नेपाली समुदायका विविध समस्या उपर ध्यानाकर्षण गराउँदै नेपाल सरकार समक्ष आवश्यक पहलकदमीका लागि अनुरोध गरेका थिए ।
सांसद बलायरले उठान भएका सबै विषय उपर आफ्नो धारणासहित सहभागीहरूलाई सम्बोधन गर्दै भने, ‘मैले जहिले पनि देश र जनता पहिलो प्राथमिकता राखेर काम गर्ने गरेको छु । भौगोलिक रूपले जो जहाँ रहेपनि आफ्नो देश र जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’
देशको वर्तमान परिस्थितिको बारेमा जानकारी गराउँदै उनले कोरियामा नेपाली समुदायका विभिन्न समस्याका बारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण