जित्नै पर्ने दबाबमा रहेको नेपाल आज कुवेतसँग भिड्दै
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा मंगलबार नेपालले आफ्नो पाँचौँ खेल खेल्दै छ । नेपाली टोलीले आफ्नो पाँचौँ खेलमा कुवेतको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार, बिहान ११ः१५ बजे सुरु हुनेछ ।
नेपालले यसअघि खेलिएको चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले पराजित गरेको थियो ।
आफ्नो तेस्रो खेलमा भने नेपाली टोली आयोजक यूएईसँग १३ रनले पराजित भएको थियो । नेपाली टोलीले आफ्नो चौथो खेलमा थाइल्यान्डलाई एक सय ६ रनको सजिलो जित हात पारेको थियो । जारी प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ ।
सहभागी चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको पहिलो स्थानमा रहने टोली आईसीसी यू–१९ महिला विश्वकपका लागि छनोट हुने प्रावधान रहेको छ । यू–१९ महिला विश्वकप सन् २०२५ मा मलेसियामा आयोजना हुँदै छ ।
जारी प्रतियोगितामा हालसम्म चार खेल खेलेको आयोजक यूएई आठ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । यूएईले चारवटै खेलमा जित हात पारेको छ । समान खेल खेलेको नेपाली टोली ६ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ ।
यसैगरी, समान खेल खेलेको थाइल्यान्ड दुई अंकसहित तेस्रो र चारवटै खेलमा पराजय व्यहोरेको कुवेत पाँचौँ स्थानमा छन् । एउटा टोलीमात्र विश्वकपमा छनोट हुने भएकाले अबका सबै खेलमा नेपाली टोली जित्नै पर्ने दबाबमा रहेको छ ।
नेपाली टोलीले बाँकी दुवै खेल जित्नु पर्नेछ भने आयोजक यूएई बाँकी दुईमध्ये एक खेलमा पराजित हुनु पर्नेछ । नेपाली टोलीले आफ्नो छैटौँ तथा अन्तिम खेल बुधबार आयोजक यूएईसँग खेल्नेछ । यूएईले भने आफ्नो पाँचौँ खेल मंगलबार नै थाइल्यान्डसँग खेल्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण