दर्शन सहकारीमा समितिको सिल, सफ्टवेयर नियन्त्रण लिने प्रयास असफल
काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित दर्शन सहकारीमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालयले सिल गरेको छ । समस्याग्रस्त घोषणा भई व्यवस्थापनको जिम्मेवारीमा आएका उक्त सहकारी संस्थालाई शुक्रबार सिल गरिएको समितिका सदस्य सचिव महेश आचार्य बताउँछन् ।
समितिको टोलीले संस्थाको सफ्टवेयर नियन्त्रणमा लिने प्रयास गरे पनि शुक्रबार सफल नभएको उनको भनाइ छ । ‘सहकारी आधुनिक सिस्टम रहेछ । सेन्सरका आधारमा मात्रै ढोका खुल्ने, बन्द हुने हुँदो रहेछ । तत्कालै त्यहाँका निवर्तमान पदाधिकारीहरूसँग सम्पर्क हुन सकेन त्यही भएर भित्र बाहिरबाटै सिल गरेर मात्रै फर्कियौँ,’ आचार्य भन्छन्, ‘अब उहाँहरूसँग सम्पर्क गर्ने प्रयास हुन्छ, भएन भने प्रहरीलाई खबर गरेर तोड्नुपर्ने हुनसक्छ ।’
दर्शन सहकारीलाई प्रदेश सरकारले कात्तिक ११ गते समस्याग्रस्त घोषणा गरेको थियो । उक्त घोषणाको पत्र प्राप्त हुँदै गर्दा तिहार सुरु भएकोले तत्कालै जान नपाएको र तिहार लगत्तै गएर कार्यालय सिल गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण