सहकारी ठगी प्रकरण
रवि लामिछानेलाई ल्याएको विमान भैरहवा विमानस्थलमा अवतरण
मङ्गलबार, २७ कात्तिक २०८१, १२ : २८
१
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लिएर पोखराबाट आएको विमान भैरहवा विमानस्थलमा अवतरण गरेको छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेका लामिछानेलाई रुपन्देहीमा बयानका लागि ल्याइएको हो । बुद्ध एयरको नियमित उडानमार्फत उनलाई पोखराबाट भैरहवा ल्याइएको हो ।
लामिछानेलाई मंगलबार बिहानै भैरहवा ल्याउने योजना रहे पनि भैरहवा विमानस्थलमा प्रतिकूल मौसमका कारण उडान ढिलो भएको हो ।
लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोप छ । लामिछानेसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण