जाजरकोट दुर्घटना : घाइतेलाई पुर्याउन गएको एम्बुलेन्स दुर्घटना
सुर्खेत । सोमबार जाजरकोटमा भएको फोर्स गाडी दुर्घटनामा परी घाइते भएका बिरामीलाई पुर्याउन नेपालगञ्ज गएको एम्बुलेन्स नै दुर्घटना भएको पाइएको छ ।
भूपू सैनिकद्वारा सञ्चालित भे १ च २२४७ नम्बरको एम्बुलेन्स मंगलबार बिहान कोहलपुर चौराहमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले रातोपाटीलाई बताए ।
उनका अनुसार घाइतेलाई नेपालगञ्ज पुर्याएर फर्किने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परी दुई जना घाइते भएको पनि उनले बताए ।
घाइते हुनेमा एम्बुलेन्स चालक सुर्खेतको लेकबेशी नगरपालिका–७, का २० वर्षीय दिनेश पुलामी र जाजरकोटको भेरी नगरपालिका–७, का २५ वर्षीय विराजन शाही रहेका छन् ।
घाइते दुवैको अहिले भेरी मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । एम्बुलेन्सले जाजरकोट दुर्घटनाका घाइतेलाई कर्णाली प्रदेश अस्पतालबाट लिएर गएको थियो । गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट सुर्खेत ल्याइएको थियो भने थप उपचारका लागि प्रदेश अस्पतालले नेपालगञ्ज रिफर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण