कुवेतविरुद्ध पूजा महतोको अलराउन्ड प्रदर्शन : शतकपछि एकै ओभरमा चार विकेट

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको मंगलबार जारी कुवेतविरुद्धको खेलमा शतक बनाएकी नेपाली अलराउन्डर पूजा महतोले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेकी छन् ।
दुई सय १४ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको कुवेतलाई निरीह बनाउने क्रममा पूजा एक्लैले पाँच विकेट लिइसकेकी छन् । टोलीकी कप्तान समेत रहेकी पूजाले एकै ओभरमा चार विकेट हात पारिन् ।
उनले आफ्नो तेस्रो ओभरमा चार विकेट लिएकी हुन् । उनले त्यो ओभरको पहिलो, दोस्रो, चौथो र पाँचौँ बलमा विकेट लिएकी हुन् । उनले तीन ओभरमा एक मेडन राख्दै केवल सात रन खर्चिएर पाँच विकेट हात पारिसकेकी हुन् ।
नेपाली बलर रचनाकुमारी चौधरीले पनि एक विकेट हात पारेकी छन् । कुवेतले नौ ओभरमा केवल ३९ रन बनाउँदै सात विकेट गुमाइसकेको छ । त्यसअघि पूजाले उत्कृष्ट शतकीय पाली खेलेकी थिइन् । उनले अविजित एक सय ३० रन बनाएकी थिइन् । उनले केवल ६९ बलको सामना गरी १७ चौका पनि हिर्काइन् । उनको स्ट्राइक रेट १८८.४१ रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ‘माइतीघर’ मा ‘माग्ने बुढा’ को लुक्स
-
राप्रपा अध्यक्ष लिङ्देनलाई प्रश्न : तपाईं संविधान मान्नु हुन्छ ?
-
कर्मकाण्डी नीति तथा कार्यक्रममाथिको बहस, सुन्ने कोही छैन (तस्बिरहरू)
-
प्रधानन्यायाधीश नेतृत्वको भ्रमण टोली स्वदेश फिर्ता, ‘लेटर अफ गुडविल’ मा हस्ताक्षर
-
रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैन : प्रमुख सचेतक शाही
-
मेट गाला डेब्यूमा शाहरुख खानको ड्रेस गतिलो नभएको भनेर डिजाइनरसँग रिसाए फ्यान