कुवेतविरुद्ध पूजा महतोको अलराउन्ड प्रदर्शन : शतकपछि एकै ओभरमा चार विकेट
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको मंगलबार जारी कुवेतविरुद्धको खेलमा शतक बनाएकी नेपाली अलराउन्डर पूजा महतोले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेकी छन् ।
दुई सय १४ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको कुवेतलाई निरीह बनाउने क्रममा पूजा एक्लैले पाँच विकेट लिइसकेकी छन् । टोलीकी कप्तान समेत रहेकी पूजाले एकै ओभरमा चार विकेट हात पारिन् ।
उनले आफ्नो तेस्रो ओभरमा चार विकेट लिएकी हुन् । उनले त्यो ओभरको पहिलो, दोस्रो, चौथो र पाँचौँ बलमा विकेट लिएकी हुन् । उनले तीन ओभरमा एक मेडन राख्दै केवल सात रन खर्चिएर पाँच विकेट हात पारिसकेकी हुन् ।
नेपाली बलर रचनाकुमारी चौधरीले पनि एक विकेट हात पारेकी छन् । कुवेतले नौ ओभरमा केवल ३९ रन बनाउँदै सात विकेट गुमाइसकेको छ । त्यसअघि पूजाले उत्कृष्ट शतकीय पाली खेलेकी थिइन् । उनले अविजित एक सय ३० रन बनाएकी थिइन् । उनले केवल ६९ बलको सामना गरी १७ चौका पनि हिर्काइन् । उनको स्ट्राइक रेट १८८.४१ रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण