एनआरएनए विवाद मिलाउन घलेले बोलाए उच्चस्तरीय समितिको बैठक
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको पहिलो बैठक आह्वान भएको छ । परराष्ट्र मन्त्रालयको पत्र अनुसार समितिका संयोजक शेष घलेले मंसिर ४ गतेको लागि पहिलो बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालतको चैत २१ गतेको फैसला अनुसार घलेले पहिलो बैठक बोलाएको ६ महिनाभित्र एकताको महाधिवेशन गर्नुपर्नेछ । समितिका सदस्य विनोद कुँवरले संघको बालुवाटारस्थित कार्यालयमा बैठक बस्ने गरी आह्वान भएको बताए । हाल संघमा तीन समूह रहेको छ भने सबै समूहलाई मिलाएर घलेले एकताको महाधिवेशन गराउनुपर्ने छ ।
बैठक बोलाएकोबारे विज्ञप्ति समेत जारी गरेका छन् ।
विज्ञप्ति यस प्रकार छ-
प्रस्तुत सूचना सम्मानित सर्वोच्च अदालतले मुद्दा नं. ०७९-WO-१५०७ को उत्प्रेषण परमादेश मुद्दामा मिति २०८०।१२।२१ मा भएको फैसलाले गठित उच्च स्तरीय समिति र सो समितिलाई दिएको आदेशको कार्यान्वयनार्थ गैर आवासीय नेपाली संघको सदस्यता, निर्वाचन तथा अधिवेशन प्रतिनिधि छनौट लगायत सम्बद्ध सम्पूर्ण विवादको समाधान गरी एकतापूर्ण महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयको मिति २०८१।०७।०१ को पत्रको आधारमा उच्च स्तरीय समितिको पहिलो बैठक मिति २०८१।०८।०४ गते, मंगलबार (तदानुसार सन् २०२४ नोभेम्बर १९ तारिख), समय दिनको ३:०० बजे देखि – ५:०० बजे सम्म र स्थान काठमाडौँ जिल्ला, का.म.न.पा. वडा नं. ४, बालुवाटार सुवर्ण शम्शेर मार्गमा अवस्थित गैरआवासीय नेपाली संघको कार्यालयको बैठक कक्षमा विविध विषयमा छलफल गरी निर्णय गर्नको निम्ति उच्च स्तरीय समितिको बैठक आव्हान गरिएको जानकारी गराइन्छ ।
उच्च स्तरीय समितिको संयोजक
शेष घले
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण