आईपीएल क्रिकेट : मुनाफ पटेल दिल्ली क्यापिटल्सको बलिङ प्रशिक्षक नियुक्त
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनका लागि दिल्ली क्यापिटल्सले मुनाफ पटेललाई आफ्नो बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ । मुनाफ पटेल भारतीय टोलीका तीव्र गतिका पूर्वबलर हुन् ।
दिल्ली क्यापिटल्सको प्रमुख प्रशिक्षक भने हेमाङ्ग बदानी हुन् । ४१ वर्षीय मुनाफ पटेल पहिलो पटक प्रशिक्षणमा जोडिएका हुन् । आफ्नो समयका प्रभावशाली खेलाडी मुनाफ पटेलले सन् २०१८ मा सक्रिय खेलजीवनबाट सन्न्यास लिएका थिए ।
उनी भारतलाई सन् २०११ को विश्वकप जिताउने टोलीका महत्वपूर्ण सदस्य पनि हुन् । त्यतिबेला भारतले फाइनलमा श्रीलंकालाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो । मुनाफ पटेलले सन् २०१३ मा मुम्बई इन्डियन्सलाई आईपीएलको उपाधि चुमाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
मुनाफले दिल्ली क्यापिटल्समा अस्ट्रेलियाका पूर्वअलराउन्डर जेम्स होप्सको स्थान लिएका हुन् । होप्सले गत जुलाईमा दिल्ली क्यापिटल्स छाडेका थिए । त्यसअघि अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले पनि क्लब छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण