पूर्वउपराष्ट्रपति पासाङ माओवादीको सक्रिय राजनीतिमा फर्किँदै
काठमाडौँ । पूर्वउपराष्ट्रपति एवं पूर्व जनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन 'पासाङ' माओवादी केन्द्रमा फर्किन लागेका छन् ।
पासाङलाई पार्टीको पदाधिकारीमा महत्त्वपूर्ण जिम्मेवारी दिनेगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति भएको स्रोतले बताएको छ ।
उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग भएका थिए । २०७९ को निर्वाचनपछि आफ्नो दोस्रो कार्यकाल सकिएसँगै उनी निष्क्रिय रहँदै आएका थिए ।
यहीबिचमा माओवादीमा फर्किने विषयमा प्रचण्ड र पासाङबिच पटक पटक छलफल भएको र अहिले आएर समझदारी भएको माओवादी स्रोतका भनाइ छ । ‘उहाँ अब छिट्टै पार्टीको सक्रिय राजनीतिमा फर्किनुहुन्छ’, स्रोतले भन्यो ।
दुई कार्यालय राष्ट्रपति भएकी विद्यादेवी भण्डारीसमेत एमालेको राजनीतिमा फर्किन लागेको चर्चा हुँदै आएको बेला पासाङ पनि पार्टी राजनीतिमा सक्रिय हुन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण