वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशका नेताहरू माओवादी केन्द्रमा प्रवेश
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य डा. शेरमान थारुसहित लुम्बिनी प्रदेशका मुख्य नेतृत्व नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आफ्नै निवास काठमाडौँमा नेताहरूलाई स्वागत गरेका थिए । माओवादी प्रवेश गर्ने अन्य नेताहरूमा लुम्बिनी प्रदेश सदस्यहरू वीरबहादुर बिक ‘संघर्ष’, तुकलाल पुन ‘यात्री’, माया थापा, नन्दकिशोर यादव र कपिलवस्तु जिल्ला सदस्य रामप्रसाद खनाल रहेका छन् ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी विभाजनपछि सुरु भएको माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताएका थिए ।
यसैगरी नेता थारुले कपिलवस्तुको मुख्य नेतृत्व माओवादी केन्द्रमा आएपछि अब जिल्लाका सबै नेता कार्यकर्ता जिल्लामा आयोजना हुने कार्यक्रममार्फत माओवादी केन्द्रमा सामेल हुने बताए । पार्टी प्रवेश कार्यक्रममा माओवादी लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल पनि उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण