वायु प्रदूषण
विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौँ
बिहीबार, २९ कात्तिक २०८१, ०९ : ४८
_y8omiC8RkJ.jpg)
काठमाडौँ । राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर बनेको हो ।
आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको छ । हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ ।
पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ । यो निकै खतरनाक मानिन्छ । उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ । त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ ।
तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३.४४ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम ९ अर्ब २४ करोड
-
१२ को प्रश्नपत्र बाहिरिएको होइन, भ्रामक सूचनाको पछि नलाग्नू : राष्ट्रिय परीक्षा बोर्ड
-
विद्यार्थीसँग परीक्षा फारमको रकम उठाउने अनेरास्ववियुका नेताविरुद्ध प्रहरीमा उजुरी
-
अमेरिकामा घरमाथि प्लेन खस्यो
-
आतंकवादी हमलाको योजना बनाएको आरोपमा बेलायतमा ८ जना पक्राउ
-
लेखा समितिले भ्रष्टाचारलाई सहजीकरण गर्यो : सांसद सिंह