एक्समा केही पनि पोस्ट नगर्ने द गार्डियनकाे निर्णय
लन्डन । बेलायती पत्रिका द गार्डियनले माइक्रो ब्लगिङ वेबसाइट एक्समा अबदेखि कुनै पनि कुरा पोस्ट नगर्ने भएको छ । ‘हामीले हाम्रो आधिकारिक सम्पादकीय खाताबाट एक्समा पोस्ट गर्न बन्द गरेका छौं । तर एक्सका प्रयोगकर्ताहरूले हाम्रो समाचारहरू शेयर भने गर्न सक्छन्’ गार्जियनले भनेको छ ।
‘हामीलाई लाग्छ ‘एक्स’ मा अहिले धेरै नै नकारात्मकता छ । हामी हाम्रो पत्रकारितालाई थप बढावा दिन संसाधनहरूको राम्रो प्रयोग गर्न सक्छौं’ यसको कारण बताउँदै द गार्डियनले लेखेको छ । एक्समा प्रायः विचलित पार्ने खालको सामग्री पाइने भन्दै पत्रिकाले लामो समयदेखि यसबारे सोचिरहेको पनि पत्रिकाले बताएको छ । यसमा अति दक्षिणपन्थी प्रोपोगान्डा र नस्लवादसँग सम्बन्धित सामग्री पनि समावेश भएको बताइएको छ ।
‘अमेरिकी चुनावले पनि प्रमाणित गरेको छ कि एक्स एक विषाक्त प्लेटफर्म हो र यसको मालिक एलन मस्कले राजनीतिक वातावरणलाई प्रभाव पार्न प्रयोग गर्न सक्छ,’ अझ अगाडि पत्रिकाले भनेको छ ।
यद्यपि, एक्स प्रयोगकर्ताहरूले गार्डियनका लेखहरू मञ्चमा शेयर भने गर्न सक्छन् । आफ्ना पत्रकारले खबर संकलन गर्न एक्सको उपयोग गर्न सक्ने पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण