उर्जा राज्यमन्त्रीको कम्पनी चार महिनादेखि सम्पर्कविहीन
काठमाडौँ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको शहरी सडक स्तरोन्नतिको ठेक्का पाएको संघीय सरकारको उर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङको कान्छाराम कन्स्ट्रक्सन कम्पनी चार महिनादेखि सम्पर्कविहीन भएको छ ।
कर्णाली प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास निर्देशनालयका अनुसार नयाँ आर्थिक वर्षदेखि उक्त कम्पनी काममा आएको छैन । कम्पनीले पाएको ठेक्काको म्याद यही मंसिर २० गते सकिँदैछ ।
निर्देशनालयले पटक पटक ताकेता गरे पनि काममा नआएपछि सूचना जारी गरेरै बोलाएको निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बताए । उनका अनुसार करिब १६ करोड लागत रहेको परियोजनाका लागि २०७८ भदौमा जिम्मेवारी पाएको थियो । तर, तीन वर्षभन्दा धेरै समय भइसक्दा पनि भौतिक प्रगति २२ प्रतिशत र वित्तीय प्रगति १५ प्रतिशत मात्रै भएको छ ।
अबको तीन साताभित्र ७८ प्रतिशत भौतिक प्रगति गर्नुपर्ने देखिएको छ । यो कम्पनी केही दिनअघि मात्रै कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सडक डिभिजन तुम्लिङटारको सिफासिमा उनको नेतृत्वमा रहेको कान्छाराम कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राखेको थियो ।
निर्देशनालयले अर्को कन्स्ट्रक्सन कम्पनी जलजलालाई पनि सूचना जारी गरेरै काममा आउन भनेको छ । उक्त कम्पनी सम्पर्कविहीन थियो भने यसअघि नै कालोसूचीमा परिसकेको थियो । तर, पेटी ठेकेदारले यसमा काम गरिरहेकै थियो । त्यसैले आयोजनाको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत रहेको शाही बताउँछन् ।
तर, काम सकिएको पैसा खातामा जम्मा भएलगत्तै बैंकले जफत गरिदिएकोले पेटी ठेकेदारले पनि काम गर्न छाडेको उनको भनाइ छ । यो कम्पनीको म्याद चैत २५ गतेसम्म रहेको शाही बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण