प्रेमीलाई भेटेको भन्दै फाइनलअघि मिस युनिभर्सकी प्रतिस्पर्धी बर्खास्त
मेक्सिको सिटी । मिस युनिभर्स जस्तो प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा भाग लिनु हर कोहीको लागि ठुलो सफलता हो । पानामाको प्रतिनिधित्व गर्दै यस प्रतियोगितामा इटलीबाट मोरा आएकी थिइन् । सबै कुरा ठिकठाक चलिरहेको थियो । तर अचानक उनलाई प्रतियोगिताबाट हटाइयो ।
मोरालाई अयोग्य घोषित गरिएको छ । मिडिया रिपोर्टका अनुसार व्यक्तिगत विवादका कारण मोरालाई प्रतियोगिताबाट बाहिर निकालिएको हो । उनीमाथि बिना अनुमति आफ्ना प्रेमीलाई भेटेको आरोप छ ।
छुट्टै कोठामा बसेकी थिइन् मोरा
न्युयोर्क पोस्टमा छापिएको समाचारका अनुसार आफ्नो प्रेमीलाई होटलभन्दा बाहिर गएर भेटेकै कारण मोरा प्रतियोगिताबाट बाहिरिएकी हुन् । आयोजकको अनुमति बिना मेक्सिकोमा उनी आफ्नो प्रेमी जुआन अबादियासँग छुट्टै होटलको कोठामा बसेकी थिइन् । केही दाबीका अनुसार चाँहि उनलाई निकालिनुको वास्तविक कारण बाहिर नआएको भनिएको छ ।
आरोप अस्वीकार
आफूले प्रेमीलाई भेटेको कुरा मोराले अस्वीकार गरेकी छिन् । प्रतियोगिताका एक जना निर्देशकसँग आफ्नो चर्को बहस भएको र यसैकारण आफूलाई अयोग्य घोषित गरिएको उनले भनेकी छिन् । मोराविरुद्धको आरोपको कारण उनी आफैँ हुन् कि उनले भनेको चाँहि हो भन्ने अहिले स्पष्ट भएको छैन । तर, फाइनलभन्दा केही दिनअघि नै सहभागीलाई यसरी निकालिएको मामिला निकै विवादित बनेको छ ।
सामाजिक सञ्जालमा समेत यस विषयमा मानिसहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । मानिसहरू मोराको साथमा उभिएको देखिएको छ । यसैबिच मिस युनिभर्स अर्गनाइजेसनले मोरालाई हटाउने निर्णयलाई जायज ठहराएको छ ।
मोराको गल्ती पत्ता लागेपछि उनीविरुद्ध छानबिन गरी पूर्ण पारदर्शिता र सबै पक्षलाई सम्मान गर्दै यो निर्णय गरिएको सङ्गठनले भनेको छ । मिडिया रिपोर्टका अनुसार मोरा बाहिरिएपछि मिस पनामा सङ्गठनले नयाँ प्रतियोगी नपठाउने पुष्टि गरेको छ । मिस युनिभर्स प्रतियोगिताको फाइनल नोभेम्बर १६ मा मेक्सिकोमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण