एकीकृत समाजवादीका नेताको कार्य विभाजन शुक्रवार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन शुक्रवार बस्ने कार्यदलको बैठकमार्फत टुङ्गो लगाउने भएको छ । असार तेस्रो साता पार्टीको दशौँ महाधिवेशन गरेको सो पार्टीले झन्डै ५ महिनापछि नेताहरूको कार्य विभाजन गर्न लागेको हो ।
जसमा प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, विभागीय प्रमुख, आयोग र जनसङ्गठन इन्चार्जलगायतको जिम्मेवारी तोक्न बाँकी छ । महाधिवेशनमा असन्तुष्ट रहेका नेताहरूलाई समेत समेटेर कार्य विभाजन गर्न लागेको नेताहरूले बताउँदै आएका छन् । नेता जीवनराम श्रेष्ठ, डा.विजय पौडेल, रामकुमारी झाँक्री लगायतका नेताहरूले पार्टीमा उचित जिम्मेवारी बाँडफाँड हुन सकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
सो पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्य विभाजन गर्ने बताउँदै आएको छ । सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।
पार्टी संरचनामा कार्य विभाजन गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण