समान विकासका लागि विश्व सभ्यताको आदान–प्रदान आवश्यक : ईश्वर पोखरेल
चीन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मतभिन्नता र तनाव चरम बिन्दुमा पुगेको वर्तमान समयमा ग्लोबल साउथ मुलुकहरू एकताबद्ध भएर सामूहिक हित र मानव समृद्धिका लागि लाग्नुपर्नेमा जोड दिएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा दोस्रो ‘ग्लोबल साउथ थिन्क ट्यांक्स डाइलग’को ‘मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि’ विषयक सत्रमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।
समारोहमा विश्वका १ सय बढी मुलुकका राजनीतिज्ञ तथा बौद्धिक व्यक्तिहरूको सहभागिता रहेको छ । ग्लोबल साउथ देशहरूका समस्याहरूलाई सामूहिक मुकाबिला गर्दै सहअस्तित्व, समावेशी र समानता प्राप्तिको विश्वव्यापी अभियानलाई थप सुदृढ बनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले विश्वको ८५ प्रतिशत जनसङ्ख्या ओगटेको ग्लोबल साउथका जनताहरूको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४० प्रतिशत मात्र हिस्सा रहेको वर्तमान अवस्थालाई परिवर्तन गरेर गरिबको क्षमता विकासमा सामूहिक योगदान आवश्यकता रहेको पनि बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले मानवीय समान विकासका लागि विश्वका विभिन्न सभ्यताको आदान–प्रदान आवश्यक रहेको चर्चा गर्दै यसले सबै सभ्यतालाई थप विकास गर्न सहयोग गर्ने धारणा पनि व्यक्त गरे ।
उनले प्रकृतिले धेरै श्रोतहरूको उपहार दिएको नेपालमा रहेका प्राकृतिक श्रोतहरूलाई समग्र मानव विकासको हितमा प्रयोग गर्न ग्लोबल साउथका बुद्धिजीवीहरूले अध्ययन, अनुसन्धान तथा प्रचार गरेर सहयोग गर्न आग्रह समेत गरे ।
नेपालको जलविद्युत, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न ग्लोबल साउथका देशहरूले उपयुक्त सहजीकरण गरेमा नेपालका प्राकृतिक श्रोतलाई ग्लोबल साउथका जनताहरूको समृद्धिका लागि उपयोग गर्न सकिने उनको भनाई थियो ।
हिमाल र इतिहास साक्षी रहेको चीन र नेपालको सदियौं देखिको समस्यारहित सम्बन्धलाई थप सुदृढ बनाउन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी मङ्सिरमा हुने चीन भ्रमण थप ऐतिहासिक र उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्दै
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सरकार अग्रसर रहेको र यसमा चीन लगायतका मित्रराष्टको महत्त्वपूर्ण सहयोग हुने आशा व्यक्त गरे ।
समारोहको उद्घाटन सत्रमा चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागमा मन्त्री ल्यु च्याङ्गचाओ, नेपालको राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, चिनिया कम्युनिस्ट पार्टी ज्याङसु कमिटीका सचिव तथा ज्याङसु प्रदेश सरकार स्थायी कमिटीका अध्यक्ष छिन चाङसिन, क्युबाको निका लोपिज युनिभर्सिटीका अध्यक्ष हुर्टाडो परेज, संयुक्त सेचेल्सका अध्यक्ष पत्रिक हेर्मनी लगायत विभिन्न देशका पदाधिकारी तथा प्रतिनिधिहरूले सम्बोधन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण