पोखराका सबै ताल जोड्न साइकल ट्र्याक बन्ने
पोखरा । पोखरा महानगरपालिकाले नगरभित्रका सबै तालहरू जोड्ने गरी साइकल ट्र्याक निर्माण गर्ने भएको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा उक्त ट्र्याक निर्माण गर्न लागिएको हो ।
फेवातालदेखि सुरु हुने ट्र्याक कमलपोखरीबाट लेखनाथका सातै ताल छोइनेछ । ट्र्याक निर्माणको लागि मास्टर प्लान पनि तयार भइसकेको छ । एडिबीले पोखरालाई दिन लागेको साढे ७ अर्बको दिगो पर्यटन परियोजना अन्तर्गत नै ९८ करोड लगानी साइकल ट्र्याकमा गर्न लागिएको हो ।
‘एडिबीले विदेशी कन्सल्ट्याण्ट पठाएर डीपीआर तयार गरिदिएको हो । ९८ करोड लागत लाग्छ,’ मेयर धनराज आचार्यले भने, ‘अब योजनाको काम पनि सुरु भइहाल्छ । केही समयमा टेण्डरमा जान्छ ।’ जापानको परामर्शदाताले ४ महिना अध्ययन गरेर यो रिपोर्ट निकालिएको हो । ट्र्याकको लम्बाइ १ सय १७ किलोमिटर छ । यसमा ट्र्याक र ट्रेल दुवै हुने आचार्यले सुनाए ।
‘मुख्य ट्र्याकबाट सबै ताल जोडिन्छ । साना ट्रेल पनि बन्छन् । विद्यार्थीका लागि सिटीभित्र र बाहिर पनि बन्छन्,’ उनले भने, ‘विभिन्न ठाउँमा कफी सप, ट्वाइलेट, बार्थिङ सेण्टरहरुसहित इन्टरनेशनल स्ट्याण्डर्डको लेन बन्छ । भरसक मुख्य सडक छोडेर ट्र्याक बनाउने योजना छ ।’ कन्सल्ट्याण्टले अर्को शुक्रबार प्रतिवेदन महानगरलाई प्रतिवेदन तयार गरेर उपलब्ध गराउने छ । त्यसपछि एडिबीमा पठाउनुपर्छ । बिहीबार सरोकारवालासँग अन्तरक्रिया पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण