भिनिसियस पेनाल्टीमा चुक्दा रोकियो ब्राजिल
शुक्रबार, ३० कात्तिक २०८१, ०८ : ४९
काराकास । बालोन डी’ओर उपविजेता भिनिसियस जुनियरको ब्राजिलका लागि खराब फर्म जारी रहेको छ । बिहीबार राति रियल मड्रिडका विंगरले पेनाल्टीबाट गोल गर्न चुक्दा टोली दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा भेनेजुएलासँग १–१ को बराबरी खेल्न बाध्य बनेको हो ।
खेलको ४३ औँ मिनेटमा राफिन्हाले ब्राजिललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै टेलास्को सेगोभियाले भेनेजुएलाका लागि बराबरी गोल फर्काए ।
६२ औँ मिनेटमा ब्राजिलले पेनाल्टीबाट अग्रता लिने अवसर पायो । तर, भिनिसियस पेनाल्टीबाट गोल गर्न चुके । खेलको अन्त्यतिर अजेक्जान्डर गोन्जालेजले रातो कार्ड पाएपछि भेनेजुएला १० खेलाडीमा सीमित बनेको थियो ।
बराबरीपछि ब्राजिल १७ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । १२ अङ्क बटुलेको भेनेजुएला सातौँ स्थानमा छ ।
अन्य खेलमा इक्वेडरले बोलिभियालाई ४–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण