इङ्गल्यान्डका चर्चित क्रिकेटर रवि बोपराले चितवन राइनोजबाट खेल्ने
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा इङ्गल्यान्डका चर्चित क्रिकेटर रवि बोपराले चितवन राइनोजबाट खेल्ने भएका छन् ।
एनपीएलका लागि क्लबले बोपरालाई टोलीमा अनुबन्ध गरेको चितवन राइनोजले जनाएको छ । ३९ वर्षीय बोपरा आफ्नो समयका प्रभावशाली ब्याटिङ अलराउन्डर हुन् ।
बोपराले इङ्गल्यान्डका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनले १३ टेस्टको १९ पालीमा कुल पाँच सय ७५ रन बनाएका छन् ।
टेस्ट क्रिकेटमा उनले तीन शतक पनि प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय ४३ रन हो । उनले एक सय २० एकदिवसीय अन्तर्राष्ट्रियमा दुई हजार ६ सय ९५ रन बनाएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा उनले एक शतक र १४ अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर अविजित एक सय एक रन हो ।
यसैगरी, उनले ३८ टी–२० अन्तर्राष्ट्रियमा कुल सात सय ११ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले तीनवटा अर्धशतक प्रहार गरेका छन् । यो ढाँचामा उनको उच्च स्कोर अविजित ६५ रन हो ।
यसका अतिरिक्त उनले टेस्टमा एक, एकदिवसीय अन्तर्राष्ट्रियमा ४० र टी–२० अन्तर्राष्ट्रियमा १६ विकेट पनि लिएका छन् । एनपीएल खेल्न पाउँदा आफू उत्साही बनेको बोपराले जनाएको छन् ।
‘नेपालमा क्रिकेटको क्रेज कस्तो छ भन्ने कुरा कसैबाट लुकेको छैन । त्यसैले विश्वका हरेक खेलाडी नेपालमा खेल्न चाहन्छन् । मेरो यो चाहना पुरा भएको छ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण