दिलजीत दोसाँझको ‘दिल–लुमिनाटी’ कन्सर्टको नाममा आयो सरकारी सूचना
नयाँ दिल्ली । पन्जाबी गायक तथा अभिनेता दिलजीत दोसाँझको ‘दिल–लुमिनाटी’ कन्सर्टका आयोजकलाई तेलंगाना सरकारले नोटिस जारी गरेको छ । शुक्रबार हैदरावादमा दिलजीत दोसाँझको कन्सर्ट हुँदैछ ।
यसैबीच समाचार एजेन्सी एएनआईले तेलंगाना सरकारले दिएको सूचनाको प्रतिलिपि साझा गरेको छ । तेलंगाना सरकारले जारी गरेको नोटिसमा दिलजीतले आफ्नो कन्सर्टमा रक्सी, ड्रग्स वा हिंसालाई बढावा दिने कुनै पनि गीत नगाउन भनिएको छ ।
लाइभ शोमा आयोजक र गायकले बालबालिकालाई स्टेजमा बोलाउन नहुने पनि सूचनामा उल्लेख गरिएको छ । ‘विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ) का अनुसार वयस्कहरू १४० डीबी प्रेसरको आवाजबाट टाढा रहनुपर्छ ।
बच्चाहरूको लागि यो १२० डीबी हो । यसैकारण, कन्सर्टको समयमा बच्चाहरूलाई स्टेजबाट टाढा राख्नुपर्छ’ जारी गरिएको सूचनामा तेलंगाना सरकारले भनेको छ ।
नोटिसका अनुसार, ‘दिलजीत दोसाँझले २६ र २७ अक्टोबरमा दिल्ली भएको एउटा कन्सर्टमा मदिरा, ड्रग्स र हिंसालाई बढावा दिने गीत गाएका थिए । १३ वर्षभन्दा माथिका बालबालिकालाई दिलजीतको कन्सर्टमा प्रवेश गर्न दिइएको छ ।
कन्सर्टका क्रममा चर्को आवाज र बत्तिको पनि प्रयोग गरिएको सूचनामा लेखिएको छ । चर्को आवाज र प्रकाश दुवै बालबालिकाका लागि खतरनाक हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण