किन रोकियो शाहिद कपूरको ‘अश्वत्थामा द सागा कन्टिन्यूज’ ?
नयाँ दिल्ली । शाहिद कपूरको मुख्य भूमिकामा बन्न लागेको ‘अश्वत्थामाः द सागा कन्टिन्युज’ स्थगित भएको छ । यही वर्ष अमेजन प्राइम भिडियोले एक भव्य कार्यक्रम गरेर यो फिल्मको घोषणा गरेको थियो ।
फिल्मलाई कन्नड फिल्म निर्माता सचिन बी रविले निर्देशन गर्ने र अमेजन स्टुडियो र पूजा इन्टरटेनमेन्टले निर्माण गर्ने भनिएको थियो । फिल्मका लागि शाहिदले शारीरिक तयारी पनि शुरु गरिसकेका थिए । तर शाहिद कपुरको यो फिल्मलाई स्थगित गरिएको खबरहरू आइरहेको छ ।
बजेटले नधान्ने भयो
रिपोर्टका अनुसार शाहिद कपूरको फिल्म अश्वत्थामाः द सागा कन्टिन्युज बजेटको कमीका कारण रोकिएको छ । यो फिल्मको प्रारम्भिक बजेट ५ सय करोड भारु राखिएको थियो । तर, चलचित्रको प्रि–प्रोडक्सन अघि बढेसँगै बजेटले पनि नपुग्ने भएपछि फिल्म रोकिएको हो ।
फिल्ममा अवरोधको कारण
यो प्रोजेक्टको निकै ठूलो स्केल भएको बताइएको छ । अन्तरराष्ट्रिय काल्पनिक–एक्शन फिल्महरूसँग प्रतिस्पर्धा गर्न सक्ने गरी फिल्म बनाउने विचार निर्माताहरूको थियो । फिल्मको छायाङ्कन धेरै देशमा हुनेवाला थियो । निर्माण पक्षले लजिस्टिकको काम गर्न थालेपछि छुट्टयाएको बजेटले नपुग्ने देखियो । पुजा इन्टरटेनमेन्टको ऋण पनि यो फिल्म बन्द हुनुको अर्काे कारण बताइएको छ ।
शाहिदले गरिसकेका थिए तयारी सुरु
यो फिल्मका लागि शाहिदले शारीरिक तयारी शुरु गरिसकेका थिए । चलचित्र वर्तमान समयमा आधारित छ । यसको कथा महाभारतका अश्वत्थामाबाट प्रेरित पौराणिक विषयवस्तुमा आधारित हुनेछ । तर अश्वत्थामा रोकिएपछि शाहिद अहिले फिल्म निर्माता विशाल भारद्वाजको फिल्ममा केन्द्रित छन् ।
अहिलेको बजार अवस्थालाई मध्यनजर गर्दै मेगाबजेटका फिल्मलाई हरियो बत्ती दिन स्टुडियो सर्तक बनेको दाबी गरिएको छ । अश्वत्थामा जस्तो परियोजना निकै जोखिमपूर्ण हुने अनुमान गरिएको छ ।
शाहिद कपूरको आगामी फिल्मको बारेमा कुरा गर्ने हो भने अभिनेता छिटै ‘देवा’ मा देखिनेछन् । रोशन एन्ड्रयूज द्वारा निर्देशित यो फिल्म सन् २०२५ को फेब्रुअरी १४ मा हलमा रिलिज हुनेछ । फिल्ममा शाहिद कपूरसँग अभिनेत्री पूजा हेगडे देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण