अन्तर कलेज ई–स्पोर्टस पुसको अन्तिम साता
काठमाडौँ । ई–स्पोर्टस संघ नेपालले अन्तर कलेज ई–स्पोर्टस च्याम्पियनसिप आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी पुस २६ र २७ गते आयोजना हुने आयोजकले जनाएको छ । संघको वार्षिक कार्यक्रम अनुसार कलेज स्तरको प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगिता काठमाडौँको बसुन्धारास्थित साउथ वेस्टन कलेजमा सञ्चालन हुनेछ । प्रतियोगितामा पब्जी मोबाइल, एमएलबीबी, ई–फुटबल र फ्रि–फायर गरी चारवटा विधा समावेश गरिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी पाँच लाख रुपैयाँ रहेको छ ।
प्रतियोगितामा देशभरका कलेजका विद्यार्थीले सहभागिता जनाउन सक्ने बताइएको छ । ईशानको वेब साइटमा गएर खेलाडीले प्रतियोगिताका लागि नाम दर्ता गर्न सक्नेछन् । खेलाडी दर्ता मंसिर २ गतेदेखि सुरु हुने मंसिर ३० गतेसम्म चल्ने जनाइएको छ ।
छनोट खेल अनलाइनमार्फत र फाइनल खेल ल्यान ईभेन्टको रुपमा सञ्चालन गरिने छ । प्रतियोगितामा देशभरका कलेजले सहभागिता जनाउने पाउने जानकारी आयोजक संघका सचिव आशिष दाहालले दिएका छन् । उनका अनुसार, सम्बन्धित कलेजको सिफारिस पत्रका आधारमा खेलाडीले प्रतियोगितामा नाम दर्ता गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण