अमेरिका–इरानबिचको तनाव अन्त्य गर्ने कोसिस सुरु
वासिङ्टन डीसी । अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको जितपछि पर्दा पछाडि धेरै गतिविधि भइरहेका छन् । सञ्चार माध्यमहरूमा छापिएका खबरहरूलाई पत्याउने हो भने ट्रम्प निकट खर्बपति व्यापारी एलोन मस्कले संयुक्त राष्ट्रका लागि इरानका राजदूतसँग भेट गरेका छन् । यी दुईको भेटलाई अमेरिका र इरानबिच जारी तनाव अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ ।
अज्ञात ठाउँमा भएको थियो दुवैको भेट
अमेरिकी सञ्चारमाध्यमका अनुसार मस्क र इरानी राजदूतबिच भएको भेटबारे सचेत इरानी अधिकारीहरूले यसलाई सकारात्मक भनेका छन् । खबरका अनुसार सोमबार अज्ञात स्थानमा दुवैले भेटेर एक घण्टाभन्दा बढी कुराकानी गरेका थिए त यो भेटको पुष्टि ट्रम्पको टोलीका सदस्यहरू वा इरानी दूतावास कसैले पनि गरेको छैन ।
मस्क र इरानी राजदूतबिचको भेट औपचारिक रूपमा पुष्टि भयो भने यसले ट्रम्प प्रशासन इरानसँगको सम्बन्ध सुधार गर्न चाहन्छ भन्ने स्पष्ट पार्नेछ । तर, यसका कारण ट्रम्पले इजरायलका साथै आफ्नै पार्टीका धेरै कन्जरभेटिभ रिपब्लिकन नेताहरूको असन्तुष्टिको सामना गर्नुपर्ने हुनसक्छ ।
ट्रम्प सरकारमा प्रभावकारी भूमिकामा मस्क
इरानी राजदूतसँग मस्कको भेटले ट्रम्पको सरकारमा उनको भूमिका निकै प्रभावकारी हुने पुष्टि गर्नेछ । ट्रम्प सरकारको विदेश नीतिमा मस्कको भूमिका देखिरहेको छ । तर ट्रम्पले संघीय कर्मचारीतन्त्र सुधार गर्न विवेक रामास्वामीसँगै मस्कलाई सरकारी दक्षता विभागको इन्चार्ज नियुक्त गरेका छन् ।
मस्क र इरानी राजदूतबिचको भेटमा राजदूतले अमेरिकी प्रतिबन्ध खुकुलो पार्न र तेहरानमा व्यापार गर्नका लागि मस्कलाई आग्रह गरेको दाबी समाचारहरूमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण