अख्तियारको संशोधन विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएको छ ।
छलफलमा भाग लिँदै ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले अख्तियारमा कसैले उजुरी दिँदा उसको नागरिकताको फोटोकपी अनिवार्य गर्न सुझाव दिएका छन् ।
उनले विधेयकमाथि संशोधन हाल्नुको कारण बेनामे उजुरी भएको भन्दै अबदेखि जनताले दुख नपाउन भनेर संशोधन हालेको बताए ।
‘मैले हालसम्म पनि दुख पाएको छु’, गुनासो गर्दै उनले भने, ‘अहिले कर्मचारी, जनता व्यापारी सबैले दुख पाएका छन् । जो मान्छेले उजुरी गर्छ नागरिकताको फोटोकपी मात्र अनिवार्य गरे ७० प्रतिशत अख्तियारमा उजुरी घट्छ ।’ अख्तियारमा पर्ने बेनामे उजुरीले अख्तियारका कर्मचारी पनि दिक्क भएको बताए ।
अर्का संशोधनकर्ता एमाले सांसद हेमराज राईले अख्तियारका कर्मचारीको दरबन्दी क्रियट गर्ने र कर्मचारी छनोटको अधिकार अख्तियारलाई नै दिने व्यवस्था गरे सहज ढङ्गले काम हुने बताए ।
‘अख्तियारले उपयुक्त ठानेको र बाहिरबाट पनि आयुक्त नियुक्त गर्नुपर्छ भनेर मैले संशोधन राखेको हो’, राईले भने, ‘विधेयकको २१ क मा अख्तियारले सरकारको निगरानी गर्छ । सरकारले दरबन्दी दिने होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
सरकारसँगको सहमतिप्रति स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको आपत्ति
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखलाई घाटा