अख्तियारको संशोधन विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफल
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएको छ ।
छलफलमा भाग लिँदै ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले अख्तियारमा कसैले उजुरी दिँदा उसको नागरिकताको फोटोकपी अनिवार्य गर्न सुझाव दिएका छन् ।
उनले विधेयकमाथि संशोधन हाल्नुको कारण बेनामे उजुरी भएको भन्दै अबदेखि जनताले दुख नपाउन भनेर संशोधन हालेको बताए ।
‘मैले हालसम्म पनि दुख पाएको छु’, गुनासो गर्दै उनले भने, ‘अहिले कर्मचारी, जनता व्यापारी सबैले दुख पाएका छन् । जो मान्छेले उजुरी गर्छ नागरिकताको फोटोकपी मात्र अनिवार्य गरे ७० प्रतिशत अख्तियारमा उजुरी घट्छ ।’ अख्तियारमा पर्ने बेनामे उजुरीले अख्तियारका कर्मचारी पनि दिक्क भएको बताए ।
अर्का संशोधनकर्ता एमाले सांसद हेमराज राईले अख्तियारका कर्मचारीको दरबन्दी क्रियट गर्ने र कर्मचारी छनोटको अधिकार अख्तियारलाई नै दिने व्यवस्था गरे सहज ढङ्गले काम हुने बताए ।
‘अख्तियारले उपयुक्त ठानेको र बाहिरबाट पनि आयुक्त नियुक्त गर्नुपर्छ भनेर मैले संशोधन राखेको हो’, राईले भने, ‘विधेयकको २१ क मा अख्तियारले सरकारको निगरानी गर्छ । सरकारले दरबन्दी दिने होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण