राजनीति
‘अराजकता र अस्थिरताको भ्रम चिर्न जागरण सभा’
शुक्रबार, ३० कात्तिक २०८१, १४ : ४८
काठमाडौँ । नेकपा एमालेका महासविच शंकर पोखरेलले मुलुकमा फैलाउन खोजिएको अराजकता र अस्थिरतालाई चिर्न मंसिर ७ गते जागरण सभा आयोजना गरिएको बताएका छन् ।
शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै महासचिव पोखरेलले जनता ठुला दलसँग असन्तुष्ट नभएर आशावादी रहेको भन्दै ठुला दलप्रति जर्वजस्त भ्रम सिर्जना भइरहेको बताए ।
‘जनता ठुला दलसँग नै आशावादी छन्’, पोखरेलले भने, ‘समाजमा अराजकता मच्चाउन जुन प्रकारका नियोजित रुपमा फेक आइडी बनाएर समाजलाई दिग्भ्रमित बनाउने प्रयास भइरहेको छ त्यो गलत हो भन्ने स्थापित गर्न जरुरी छ ।’
उनले अराजकताविरुद्ध जागरूक बनाउने काम राजनीतिक पार्टीको काम मात्र नभएर सञ्चारमाध्यमको समेत दायित्व हो भन्ने बुझ्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण