‘महानायक’ भन्नेलाई ब्लक गर्ने दीपकराजको चेतावनी
काठमाडौँ । राजेश हमालको ‘महानायक’ विषयमा बोलेको कारण केही वर्ष अगाडि निर्देशक दीपाश्री निरौला विवादमा परिन् । उनी विवादमा पर्दा उनका नजिकका साथी तथा कलाकार दीपकराज गिरीले सपोर्ट गरेका थिए ।
त्यसपछि सामाजिक सञ्जालमा गिरीलाई ‘महानायक’ भनेर ट्रोल हुन थाल्यो । त्यो क्रम अहिले रोकिएको छैन । अहिले दीपकलाई आलोचकले ‘महानायक’ भन्दै प्रतिक्रिया दिने गरेका छन् ।
अब भने दीपकराज चुप नबस्ने भएका छन् । उनले आफूलाई सामाजिक सञ्जालमा ‘महानायक’ भन्नेलाई ब्लक गरिदिने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल मार्फत उनले यस्तो चेतावनी दिएका हुन् ।
‘आजबाट जस–जसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दैछु । यो पद न मैले कहिले दाबी गरेको थिएँ, न गर्नेछु’, उनले अगाडि भनेका छन्– ‘तर, मैले बारम्बार भन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन । फरक विचार स्वागत, असभ्यता अस्वीकार ।’
दीपराजले फेसबुकको पर्खाल आफ्नो बिचार पोख्ने थलो भएको भन्दै यहाँ आफूलाई के मन पर्छ लेख्ने हो, दुनियाँलाई के मन पर्छ त्यो लेख्ने होइन भनेर लेखेका थिए । उक्त पोस्टमा विभिन्न कमेन्ट आउन थालेपछि उनले यस्तो पोस्ट गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण