स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु
म्याड्रिड । स्पेनको उत्तरपूर्वी शहर भिल्लाफ्रान्का डी इब्रोको एक वृद्धाश्रममा बिहिबार राति आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । स्पेनी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार बिहान ५ : ०० बजे आगलागी हुँदा त्यहाँ ८२ जना रहेका थिए ।
आगलागीको कारण समाचार तयार पार्दासम्म थाहा हुन सकेको छैन । वृद्धाश्रमले ‘एक्स’मा एक विज्ञप्ति जारी गर्दै आगलागी र केही व्यक्तिको मृत्युको पुष्टि गरेको छ तर उक्त पोस्टमा थप विवरण उपलब्ध गराइएको छैन।
शहरका मेयर भोल्गा रामिरेज गामिजले पत्रकारहरूलाई बताएअनुसार एउटा कोठामा आगलागी भएको तर आगलागीका कारण पूरै निवासभरि धुवाँ फैलिएको थियो।
“भाग्यवश, त्यो कोठामा सुरक्षा ढोका रहेछ र यसका कारण आगो अन्यत्र फैलिनबाट रोकियो, उनले भने ।
अरागोन क्षेत्रका लागि केन्द्रीय सरकारका प्रतिनिधि फर्नान्डो बेल्ट्रानले मृत्युको कारणबारे अनुसन्धान भइरहेको बताए । धेरै वृद्धवृद्धाको धुवाँले निस्सासिएर मृत्यु भएको हुनसक्ने उनले बताए ।
अरागोन सरकारका प्रमुख जर्ज एज्कोनले आगलागी र यसबाट भएको क्षतिबाट आफू स्तब्ध भएको र शोकको सङ्केतका रूपमा सार्वजनिक कार्यक्रम स्थगित गरेको बताएका छन् ।
जार्डिनेस डे भिल्लाफ्रान्का निवास सन् २००८ मा वृद्धहरूका लागि आवासका रूपमा खोलिएको थियो भने हालै यसलाई मानसिक स्वास्थ्य समस्या भएका वृद्धव्यक्तिहरूलाई राख्नेगरी सुविधाहरू थपिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण