उषा भण्डारी भाटभटेनीको स्पोर्ट्स ब्राण्ड एम्बासडर नियुक्त
काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्राण्ड एम्बासडर नियुक्त भएकी छन् । महाराजगञ्जस्थित आफ्नै भवनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत भाटभटेनीले भलिबलकी स्टार खेलाडी उषालाई आगामी एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्राण्ड एम्बासडर घोषणा गरेको हो ।
सो अवसरमा खेलपोशाक कम्पनी टी टेन स्पोर्ट्सले पनि उषालाई ब्रान्ड एम्बासडर घोषणा गर्यो । कार्यक्रममा भाटभटेनी सुपर मार्केटका डाइरेक्टर कल्याण गुरुङ, टी टेनका हेड अफ बिजनेस डेपलभमेन्ट आलोकजंग जोशी र भलिबल खेलाडीबीच त्रिपक्षीय सम्झौता भएको थियो ।
भाट भटेनीले सम्झौताअनुरूप उषालाई १० लाख रूपैयाँ दिने भएको छ । उनले हरेक महिना ८३ हजार तीन सय ३३ रूपैयाँ प्राप्त गर्ने भाट भटेनीले जनाएको छ । टी टेनले भने पाँच लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
सो अवसरमा भाट भटेनी सुपर मार्केटका डाइरेक्टर कल्याण गुरुङले नेपालको महिला भलिबल फ्रेन्चाइज लिगमा पनि टोली खरिद गर्दै महिला भलिबलको विकासमा काम गर्न तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण