सामान बोक्ने मोटरसाइकलले बढाउँदै दुर्घटना (फोटो फिचर)
काठमाडौँ । काठमाडौं उपत्यका लगायत देशभरका मुख्य शहरहरुमा आफ्नो सुविधाका लागि मोटरसाइकल चलाउने गरिन्छ । कार्यालय, घुमफिर लगायत आवश्यक काममा सार्वजनिक बसमा भन्दा आफ्नै सवारीसाधन भएको खण्डमा छिटो छरितो हुने भएकाले पनि मोटरसाइकलको प्रयोग बढी हुन्छ ।
मुख्य सडकमा सार्वजनिक यातायातहरु प्रशस्त भेटिए पनि आफूले भनेको ठाउँमा पुग्नका लागि मोटरसाइकल सहज सवारीसाधन हो । त्यसैले पनि मोटरसाइकल चलाउनेहरुको बाहुल्यता बढी हुन्छ । मानिसहरु आवतजावतका लागि मोटरसाइकल चलाउनु त समयको वचतका हिसावले पनि राम्रो नै हो ।
सार्वजनिक सवारीसाधनबाट झरेर १० मिनेट हिँड्नुपर्ने ठाउँमा मोटरसाइकल भएको खण्डमा दुई मिनेटमै गन्तव्यस्थल पुगिन्छ । तर मानिसहरु चढ्ने बाहेक मोटरसाइकलमा सामान लोड गरेर यात्रा गर्दा दुर्घटना बढाइरहेको छ । थोरै सामान लोड गरेर लैजान कुनै कठिनाइ हुँदैन । तर मोटरसाइकल, साइकलमा धान्ने भन्दा बढी सामानहरु लोड गर्दा हुने दुर्घटनाहरु बढिरहेका छन् ।
एक त मोटरसाइकलमा सानो रिक्सामा अट्ने भन्दा बढी सामानहरु लोड गरिएको हुन्छ । त्यसले स्वयं चालकलाई त अफ्ठ्यारो पार्छ नै साथमा सँगै यात्रा गरिरहेका अन्य सवारीसाधनहरु पनि समस्यामा पर्छन् । किनभने लोड गरिएका अत्याधिक सामानहरुले सडक बढी ढाकिरहेको हुन्छ । जसले अरुलाई असहज बनाइदिन्छ र कतिपय ठाउँमा दुर्घटना हुन्छ ।
सवारी तथा यातायात व्यवस्था नियमावलीकाअनुसार मोटरसाइकल/साइकलले सामानहरु ओसारपसरा गर्न मिल्दैन । न्युज एजेन्सी
_AIKER0j00H.jpg)
_KOSVfWeFVR.jpg)
_alpBqmXsLy.jpg)
_eFaW6L9qNV.jpg)
_wXrie8kO79.jpg)
_Up6lRgJ8JQ.jpg)
_UYtXQ11U9u.jpg)
_uJrOUUlGU8.jpg)
_KrfBBapneJ.jpg)
_cZWQlYUMWY.jpg)
_JkiedN2IkC.jpg)
_lKRL3ZcE9Q.jpg)
_vtleqbOPTT.jpg)
_YeW1jzs1MB.jpg)
_x6ebCtqbu5.jpg)
_xhVjDnIwYU.jpg)
_XcZSxp2FP6.jpg)
_MbNIU8XKEa.jpg)
_byr311YQU2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण